असार २४, २०८२ मंगलबार July 8, 2025

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते

गोलाबारीले दक्षिणी इलाका एल फशर सहरको दक्षिणमा रहेको जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविर मुख्य निशानामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खार्तुम । पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका छन् ।

गोलाबारीले दक्षिणी इलाका एल फशर सहरको दक्षिणमा रहेको जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरलाई निशाना बनाएको थियो ।

आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन । मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफ बीच भीषण झडप भएको छ । सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीच विनाशकारी द्वन्द्वको चपेटामा छ ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूको अनुमान अनुसार सुडानमा द्वन्द्वको परिणामस्वरूप २७ हजार भन्दा बढीको मृत्यु र सुडान भित्र वा बाहिर १४ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार