असार २४, २०८२ मंगलबार July 8, 2025

अडानी बन्दरगाह परियोजना जारी रहने : श्रीलङ्का

अडानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलम्बो, मङ्सिर २८ गते । श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएको छ ।

गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अडानी र उहाँका सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाइएको थियो । यो आरोपले अडानीको कम्पनीको शेयरमा व्यापक गिरावट आएको थियो भने र पारिवारिक फर्मको ‘कर्पोरेट गभर्नेन्स’मा प्रश्न उठाएको थियो ।

श्रीलङ्काका बन्दरगाहमन्त्री विमल रत्नायकेले अडानीमाथि लागेको आरोपले राजधानी कोलम्बोमा रहेको कन्टेनर टर्मिनल परियोजनामा कुनै असर नपारेको बताउनुभएको छ । “अडानी र अमेरिकाबीचको समस्या के हो, हाम्रो चिन्ताको विषय होइन,” बिहीबार राति बन्दरगाहको भ्रमणका क्रममा उहाँले पत्रकारसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “अडानीद्वारा पश्चिमी कन्टेनर टर्मिनल विकास अगाडि बढ्नु हाम्रो लागि उच्च महत्वको कुरा हो ।” रत्नायकेका अनुसार सन् २०२२ मा अभूतपूर्व सङ्कट र विदेशी ऋण नतिरेपछि समस्यामा परेको श्रीलङ्काको अर्थतन्त्रका लागि राजस्व सङ्कलन गर्न यो परियोजनाको निर्माण हुनु महत्वपूर्ण छ ।

बन्दरगाह परियोजनाको अनुमानित लागत ७० करोड अमेरिकी डलर छ र यो चिनियाँद्वारा सञ्चालित परियाजनाको नजिकमा अवस्थित छ । अडानी समूहले न्युयोर्कको अभियोगपछि अमेरिकी सरकारद्वारा समर्थित ५५ करोड ३० लाख अमेरिकी डलर को ऋणका लागि गरेको अनुरोध फिर्ता लिएको केही दिनपछि रत्नायकेको यो टिप्पणी आएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) सँगको ऋण सम्झौतालाई गतवर्ष अन्तिम रुप दिइएको थियो, यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको सामना गर्ने माध्यमको रूपमा हेरिएको थियो । श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त सामुद्रिक ढुवानी मार्गमा अवस्थित छ, जसले मध्य पूर्व र पूर्वी एसियालाई जोड्छ र देशको समुद्री सम्पत्तिलाई रणनीतिक महत्व दिन्छ ।

अडानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने बताएको छ । श्रीलङ्काले गत महिना अभियोग लगाएपछि उक्त बन्दरगाह र टापुको उत्तरमा ४४ करोड २० लाख अमेरिकी डलर बराबरको वायु ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनामा अनुसन्धान सुरु गरेको थियो ।

नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नोभेम्बरमा भएको चुनावमा भारी मतले विजयी हुनुअघि वायु उर्जा परियोजनाको विरुद्धमा अभियान चलाउनुभएको थियो । बन्दरगाह मन्त्री रत्नायकेले पनि आफ्नो सरकार यसको विपक्षमा रहेको बताउनुभएको छ । रत्नायकेले भने, “यो देशलाई अहितकर हुनेछ ।”

दिसानायकेले यो परियोजनालाई श्रीलङ्काको ऊर्जा सम्प्रभुताका लागि खतरा को संज्ञा दिनुभएको थियो । अडानी समूहका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूले भारत सरकारका अधिकारीलाई घुस दिएको आरोप लागेपछि अडानी समूहले सेयर बजारमा करिब ५५ अर्ब अमेरिकी डलर गुमाएको जनाएको छ ।

कोइला, एयरपोर्ट, सिमेन्ट र मिडियाको व्यापार साम्राज्यको साथ, अडानी समूहले पहिलेका कर्पोरेट धोखाधडीको आरोपहरूको सामना गरेको छ र गत वर्ष पनि यस्तै आरोपको सामना गरेको छ । सन् २०२३ मा ह्यान्डेनबर्ग रिसर्चको एक रिपोर्टले ‘कर्पोरेट फ्रड’को आरोप लगाएपछि सन् २०२३ मा यसको शेयरको बजार मूल्यबाट १५० अर्ब अमेरिकी डलर कम भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार