असार २४, २०८२ मंगलबार July 8, 2025

सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या

जिहादीहरूले ‘गोठालालाई मारेर उनीहरूका चौपाया चोरेको हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

“इस्लामिक स्टेट समूहका लडाकुहरूले शनिबार बिहान पाल्मायरा शहरको दक्षिणमा छ जना गोठालाको हत्या गरेका छन् ।,” बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।

जिहादीहरूले ‘गोठालालाई मारेका र उनीहरूका चौपाया चोरेका’ बेलायतस्थित उक्त संस्थाले जनाएको छ । आइएसले सन् २०१४ मा सिरिया र इराकको ठूलो भूभागमा कब्जा गरी उक्त क्षेत्रलाई स्लामिक राज्य (खलिफा) घोषणा गरेको थियो ।

समूहले सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भूभाग गुमाएको थियो, तर यसका अवशेषहरूले अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् । उनीहरूको प्रभाव विशेष गरी दमास्कसको बाहिरी इलाकाबाट इराकी सीमासम्म फैलिएको छ ।

हालैका वर्षहरूमा उसका अधिकांश आक्रमणहरू कुर्द नेतृत्वका लडाकुहरू वा राष्ट्रपति बशर अल असदको अपदस्थ सरकारका वफादारहरूलाई लक्षित गरी गरिएका छन् ।

इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शाम र उसका सहयोगीहरू आइतबार दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट पलायन हुनुभएको थियो ।

असदलाई सत्ताच्युत गरेयता सिरियाली मरुभूमिमा आइएसले छवटा आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ । उनीहरूले १८ जना सर्वसाधारण र ५० भन्दा बढी असद सैनिकको हत्या गरेका थिए ।

क्षेत्रीय भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीएका अधिकारीहरूलाई असदको पतनपछि सिरियामा आइएसको पुनरुत्थानविरुद्ध काम गर्नु ‘अपरिहार्य’ भएको बताउनुभएको थियो ।

बिहीबार एर्दोगानले ब्लिन्केनसँग टर्कीएले सिरियामा आइएसविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने आश्वासन दिनुभएको थियो । यद्यपि अमेरिका समर्थित कुर्द लडाकुहरूविरुद्ध टर्कीले चरमपन्थीहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण मानिएको थियो

चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

“इस्लामिक स्टेट समूहका लडाकुहरूले शनिबार बिहान पाल्मायरा शहरको दक्षिणमा छ जना गोठालाको हत्या गरेका छन् ।,” बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।

जिहादीहरूले ‘गोठालालाई मारेका र उनीहरूका चौपाया चोरेका’ बेलायतस्थित उक्त संस्थाले जनाएको छ । आइएसले सन् २०१४ मा सिरिया र इराकको ठूलो भूभागमा कब्जा गरी उक्त क्षेत्रलाई स्लामिक राज्य (खलिफा) घोषणा गरेको थियो ।

समूहले सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भूभाग गुमाएको थियो, तर यसका अवशेषहरूले अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् । उनीहरूको प्रभाव विशेष गरी दमास्कसको बाहिरी इलाकाबाट इराकी सीमासम्म फैलिएको छ ।

हालैका वर्षहरूमा उसका अधिकांश आक्रमणहरू कुर्द नेतृत्वका लडाकुहरू वा राष्ट्रपति बशर अल असदको अपदस्थ सरकारका वफादारहरूलाई लक्षित गरी गरिएका छन् ।

इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शाम र उसका सहयोगीहरू आइतबार दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट पलायन हुनुभएको थियो ।

असदलाई सत्ताच्युत गरेयता सिरियाली मरुभूमिमा आइएसले छवटा आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ । उनीहरूले १८ जना सर्वसाधारण र ५० भन्दा बढी असद सैनिकको हत्या गरेका थिए ।

क्षेत्रीय भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीएका अधिकारीहरूलाई असदको पतनपछि सिरियामा आइएसको पुनरुत्थानविरुद्ध काम गर्नु ‘अपरिहार्य’ भएको बताउनुभएको थियो ।

बिहीबार एर्दोगानले ब्लिन्केनसँग टर्कीएले सिरियामा आइएसविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने आश्वासन दिनुभएको थियो । यद्यपि अमेरिका समर्थित कुर्द लडाकुहरूविरुद्ध टर्कीले चरमपन्थीहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण मानिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार