भाद्र १३, २०८३ शनिबार August 29, 2026

पूर्व डिआइजी रञ्जनप्रसाद कोइराला जेलमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला बिहिबार जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका जेलर गणेश आचार्यले जानकारी दिए ।

यसअघि उक्त मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनलेसमेत जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

त्यसविरुद्ध प्रतिवादीकातर्फबाट सर्वोच्चमा पुनरावेदन परेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितका न्यायाधीशले मुद्दाको सुनुवाइ गरेका थिए ।

 कोइरालाले विसं २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर जलाएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार