असार २४, २०८२ मंगलबार July 8, 2025

सिरियाका नयाँ नेतासँग वार्ता गर्न इयूका कुटनीतिज्ञलाई पठाइयो

लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०१ पौष । सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताउनुभएको छ ।

लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाएको र यो पहल पनि तदनरूप भएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको दमास्कसमा नयाँ अधिकारीहरूसँग सम्पर्क गरेको बताएपछि ब्रसेल्सको यो पहल शुरू भएको हो ।

सिरियामा असदको परिवारको पाँच दशक लामो शासनको अन्त्य गर्दै विद्रोहीले सत्ता कब्जा गरेपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू सिरियामा प्रभाव जमाउन होडबाजी गरिरहेका छन् ।

“सिरियाका लागि हाम्रा उच्च कूटनीतिज्ञ आजै दमास्कस जानुहुनेछ र नयाँ नेतृत्वसँग सम्पर्क गर्नुहुनेछ,” इयूका विदेशमन्त्रीहरूको बैठकअघि कल्लासले पत्रकारसँग भन्नुभयो ।

एचटीएसको जड अल–कायदामा रहेको र धेरै सरकारहरूले यसलाई आतङ्कवादी समूहको रूपमा सूचीकृत गरेकाले पश्चिमा मुलुकहरूजस्तै युरोपेली सङ्घका राष्ट्रहरू पनि दमास्कसको नयाँ नेतृत्वप्रति सचेत छन् ।

इयूले देशको गृहयुद्धको समयमा दमास्कसमा असद शासनसँग सम्बन्ध विच्छेद गरेको थियो तर द्वन्द्व पिडित सिरियालीलाई मद्दत गर्न मानवीय सहायताको एक प्रमुख दाताको रूपमा रहेको छ ।

कल्लासले ब्रसेल्समा इयूका विदेशमन्त्रीहरूले सिरियाको नयाँ नेतृत्वसँग कसरी संलग्न हुने र कुन स्तरमा संलग्न हुने भन्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

यसै महिना इयूको शीर्ष कूटनीतिज्ञको जिम्मेवारी सम्हालेका कल्लासले भन्नुभयो, “हामी सिरियामा युद्धपछिको शून्यतालाई वेवास्ता गर्न सक्दैनौँ ।”

दमास्कसका नवप्रवर्तक अधिकारीहरूले अल्पसङ्ख्यकहरूको संरक्षण गर्ने र समावेशी सरकार गठन गर्ने प्रतिबद्धता जनाएपछि अन्तर्राष्ट्रिय खेलाडीहरूले सतर्क आशा व्यक्त गरेका छन् ।

कूटनीतिज्ञहरूका अनुसार असदलाई सत्ताच्युत गरेपछि युरोपेली सङ्घका केही सदस्य राष्ट्रहरूले सिरियासँग सम्बन्ध विस्तार गर्न दबाब दिइरहेका छन् भने अन्य देशहरू बढी सतर्क छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार