असार २४, २०८२ मंगलबार July 8, 2025

जर्जियाको एक रेस्टुरेन्टमा निसास्सिएर १२ जनाको मृत्यु

रिसोर्टमा बिजुली गए पछि तेलबाट चल्ने जेनेरेटर खोलिएको थियो र सोही कारण उनीहरूको निसास्सिएर मृत्यु भएको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ। पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानीय प्रहरीले बताएका छन्।

प्रारम्भिक परीक्षणहरूले शवमा हिंसाको कुनै निशान नदेखाएको र यो अकल्पनीय दुर्घटना भएको प्रहरीले जनाएको छ। रिसोर्टमा बिजुली गए पछि तेलबाट चल्ने जेनेरेटर खोलिएको थियो र सोही कारण उनीहरूको निसास्सिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रेस्टुरेन्टको भवनको दोस्रो तल्लामा शव फेला परेको थियो।

अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको र पीडितहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। गुडौरी स्कीइङ र स्नो बोर्डिङ उत्साहीहरूका लागि लोकप्रिय पर्यटक गन्तव्य हो, जहाँ सबै तहका आगन्तुकहरूको लागि शीतकालीन खेल गतिविधि गर्न पुग्ने गर्छन् ।

गुडौरी समुद्री सतहबाट करिब २,२०० मिटर उचाइमा रहेको पहाडहरूमा अवस्थित छ र जर्जियाको राजधानी टिबिलिसीबाट लगभग १२० किमी उत्तरमा अवस्थित रहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार