असार २४, २०८२ मंगलबार July 8, 2025

मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिक रूपमा क्षतिग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।

मङ्गलबार जारी गरिएको प्रारम्भिक तथ्याङ्कले आइतबार मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा अवतरण गरेपछि चक्रवातले ३४ जनाको ज्यान लिएको बताएको छ ।

अद्यावधिक गरिएको सङ्ख्यामा केन्द्रले काबो डेलगाडोमा ३८ जना, नाम्पुला प्रान्तमा चार जना र भित्री नियासामा थप तीन जनाको मृत्यु भएको बताएको छ । एकजना व्यक्ति बेपत्ता भएका छन् ।

चक्रवातले प्रतिघण्टा करिब २६० किलोमिटरका हावाका साथै २४ घन्टामा करिब २५० मिलिमिटर (१० इन्च) वर्षा ल्याएको थियो । करिब ५०० जना घाइते भएका छन् ।

चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । कूल एक लाख ८१ हजारभन्दा बढी मानिस यस चक्रवातबाट प्रभावित भएका छन् ।

चिडोले नियमित रूपमा चक्रवातहरू आउने र सङ्घर्ष तथा विकासको कमीका कारण पहिले नै कमजोर अवस्थामा रहेको उत्तरी मोजाम्बिकको भागलाई प्रभावित गरेको छ ।

हिन्द महासागरको टापु मायोट्टेमा ठोक्किएपछि चक्रवात मोजाम्बिकमा अवतरण भयो । यसले यहाँ सयौँ र सम्भवतः हजारौँ मानिसहरूको ज्यान लिएको आशङ्का गरिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार