असार २४, २०८२ मंगलबार July 8, 2025

रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनारहरू प्रदूषित

अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसले बुधबार हजारौँ टन तेल समुद्रमा चुहिएपछि र किनारहरूमा ५० किलोमिटर क्षेत्र प्रदूषित भएपछि सफाइ अभियान विस्तार गरेको छ । यो घटना तेल ट्याङ्कर जहाजहरू एउटा आँधीमा दुर्घटनाग्रस्त भएपछि भएको थियो ।

एउटा पुरानो रूसी तेल ट्याङ्कर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रुसको क्रास्नोडार क्षेत्र बीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो ।

रुसको आपत्कालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ ।

दुई ट्याङ्करले करिब नौ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको देखाएको सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।

क्रिमियन समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीलाई उद्धृत गर्दै बुधबार तासले स्याटेलाइट तस्बिरहरूले डुबेको ट्याङ्करबाट अझै पनि तेल चुहिएको देखाएको रिपोर्ट गरेको छ । तीव्र बतासले तेललाई दक्षिणी रुसको समुद्र तटतिर धकेलिरहेको छ ।

करिब ९० हजार जनसङ्ख्या भएको अनपाको समुद्री तट रिसोर्टले मङ्गलबार आपत्कालीन अवस्था घोषणा गरेको छ ।

आपत्कालीन अवस्था मन्त्रालयले बुधबार स्वयंसेवक र आपत्कालीन कामदारहरूको सङ्ख्या बढेर दुई हजार सात सय पुगेको जनाएको छ । तिनीहरूले समुद्र तटबाट कालो तेल निकाल्दै प्लास्टिकको बोरा र खन्ने ट्रकहरूमा निकाल्दै थिए ।

उनीहरूले करिब ८० टन तेल सङ्कलन गरेको र समुद्र तटको आठ किलोमिटरभन्दा बढी सफा गरेको बताइएको छ ।

अनपा महानगरपालिकाका अनुसार संलग्न रहेकाहरूमा करिब चार सय कोसाक्स थिए । कोसाक्स रूस र युक्रेनको घाँसे मैदानमा बस्ने एक जाति हो ।

“अनपा तेल चुहावटसँग जुझिरहेको छ र समुद्र तटहरू बचाउने प्रयास गरिरहेको छ”, विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा स्वयंसेवकहरूलाई अपिल गर्दै भन्नुभयो, “सुनौलो बालुवा भएका ती प्रसिद्ध समुद्र तटहरूमा हरेक वर्ष लाखौँ पर्यटक भेला हुन्छन् ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार