असार २४, २०८२ मंगलबार July 8, 2025

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’

युद्धको अन्त्य इजरायलको हितमा छ र युद्धपछि सम्झौता हुनु आवश्यक छ भन्ने आफ्नो अडान कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गमजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उहाँ विश्वस्त देखिनुभएन ।

जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भन्नुभयो, “हेर्नुु्, म आशावादी छु । तपाई पनि हुन पर्छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवारीबाट विदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।”

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।”

उहाँले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएको तर्फ सङ्केत गर्दै भन्नुभयो, “युद्ध विराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।”

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहो¥याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताउनुभयो ।

ब्लिन्केनले गाजामा दीर्घकालीन उपस्थितिको समर्थन गर्ने इजरायली नेतृत्वको भनाइलाई अस्वीकार गर्दै युद्धको अन्त्य इजरायलको हितमा छ र युद्धपछि सम्झौता हुनु आवश्यक छ भन्ने आफ्नो अडान दोहोर्‍याउनुभयो ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको अभूतपूर्व आक्रमणका कारण एक हजार २०८ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमास आक्रमणको बदलामा गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ४५ हजार ९७ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रसङ्घको तथ्याङ्कअनुसार इजरायली आक्रमणबाट गाजास्थित प्यालेस्टिनी इलाकाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ, जसका कारण १९ लाखभन्दा बढी प्यालेस्टिनीहरू विस्थापित भएका छन् । यो गाजाको कूल जनसङ्ख्याको करिब ९० प्रतिशत हो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार