असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानमा बस दुर्घटना: ५० जनाको मृत्यु, ७६ जना घाइते

मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानमा बस दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको हो । तालिबान सरकारका प्रवक्ताका अनुसार सो दुर्घटनामा परी थप ७६ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।

काबुल–कान्दाहार राजमार्गमा बुधबार अबेर राति एउटा यात्रुवाहक बस र तेल ट्याङ्करको एक आपासमा ठक्कर हुदाँ सो दुर्घटना भएको गजनी प्रान्तका गभर्नरका प्रवक्ता हाफिज उमरले बताए।

अर्को दुर्घटना त्यही राजमार्गको फरक क्षेत्रमा थियो, जसले अफगानिस्तानको राजधानीलाई दक्षिणसँग जोड्ने गरेको छ ।

‘घाइतेहरूलाई गज्नीको अस्पतालमा लगिएको छ र अधिकारीहरूले शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियामा छन्,’ ओमारले भने। गम्भीर अवस्थाका बिरामीहरूलाई भने राजधानी काबुलमा उपचारका लागि गरिएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार