असार २४, २०८२ मंगलबार July 8, 2025

‘देशद्रोह’ गरेको आरोपमा १६ वर्षको जेल सजाय

राज्यविरुद्धको राजद्रोह गरेको अभियोगमा दोषी ठहरिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, पुस ५ गते । रुसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ ।

मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लगाउने व्यक्तिहरुलाई नियमितरुपमा भारी सजाय सुनाउँछ र रुस र कब्जा गरिएका क्षेत्रहरूमा युक्रेनीलाई लगातार कैँद पनि गर्दै आएको छ । नाम नखुलाइएका ती व्यक्तिलाई रुसको दक्षिणी शहर रोस्तोभ-अन-डोनको एक सैनिक अदालतले सजाय सुनाएको हो ।

अभियोजकहरुले उहाँले रुसी सशस्त्र बलबारे किएभको सुरक्षा सेवालाई जानकारी दिएको बताउनुभएको छ । रुसी समाचार निकायहरुले उहाँलाई उदृत गर्दै भनेका छन्, ’ती व्यक्ति राज्यविरुद्धको राजद्रोह गरेको अभियोगमा दोषी ठहरिएका छन्, उनी आतङ्कवादी गतिविधिका साथै विस्फोटक पदार्थको अवैध भण्डारण र ओसारपसारमा सहयोगी थिए ।

अदालतले उनलाई उच्च सुरक्षा भएको ‘दण्ड कोलोनी’मा सजाय भुक्तान गराउन आदेश दिएको छ । तास समाचार एजेन्सीले प्रकाशित एक भिडियामो एफएसबीका अधिकारीहरुले कार रोकेर एक व्यक्तिलाई घिसारेर भुइँमा फ्याँकेका थिए, त्यसपछि उनलाई हत्कडी लगाएर सुरक्षा बलको स्थानीय मुख्यालयमा लगेका थिए ।

भिडियोमा अनुहार धमिलो भएका एक व्यक्तिले आफूलाई सन् २०१६ मा युक्रेनको एसबीयू सेक्युरिटी सर्भिसमा भर्ती गरिएको बताएका छन् । पक्राउ परेपछि रुसले एफएसबीले खिचेका स्वीकारोक्तिका भिडियो नियमितरुपमा सार्वजनिक गर्ने गरेको छ । मस्कोको युक्रेनविरुद्धको आक्रमण करिब तीन वर्षदेखि जारी छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार