असार २४, २०८२ मंगलबार July 8, 2025

गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ

चौध महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार बताउनुभएको छ ।

युएनआरडब्लुएले हालैका दिनहरूमा गाजामा खराब मौसम अवस्था जारी रहने अपेक्षा गरेको छ ।

यसका बाबजुद पनि एजेन्सीलाई आश्रय सहायताभन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लङ्घन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको कुरा प्रकाश पारे ।

चौध महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका छन्, जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको र हजारौं घाइते भएका छन् ।

युनिसेफले पनि जाडो सुरु हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ । गाजाका बालबालिकाहरू चिसोको सामना गरिरहेका छन् । धेरैले अझै गर्मीको लुगा लगाएर खाली खुट्टा हिंडिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार