असार २४, २०८२ मंगलबार July 8, 2025

गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा

युद्धविरामको पहिलो चरणमा रिहा गरिएका प्रत्येक महिला सिपाही बापत २० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबिचको वार्ता ९० प्रतिशत पूरा भएको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बताएका छन् । ठुला विषयमा भने वार्ता हुन नसकेको र यसमा कयौँ काम गर्न बाँकी रहेको ती अधिकारीले बीबीसीलाई भनेका छन् ।

यी प्रमुख मुद्दाहरू मध्ये एउटा चाँहि फिलाडेल्फिया कोरिडोरमा इजरायली सैन्य उपस्थिति हो भएको बताइएको छ । यो करिडोर इजिप्टको सीमामा रहेको छ । दक्षिणी गाजा क्षेत्रमा यो रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । इजरायल र हमासबीच दोहामा भइरहेको वार्ताको जानकारी पनि ती अधिकारीले साझा गरेका छन् । यसमा इजरायलसँग गाजाको सिमानामा धेरै किलोमिटर चौडा बफर जोन बनाउने बुँदालाई पनि समेटिएको छ । ।

इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने अधिकारीले भनेका छन् । यी समस्या समाधान भएपछि केही दिनभित्रै युद्धविरामको सहमति हुन सक्ने र तीन चरणमा कार्यान्वयन हुने पनि उनले बताए ।

युद्धविरामको पहिलो चरणमा रिहा गरिएका प्रत्येक महिला सिपाही बापत २० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ । त्यसपछि इजरायली बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिनेछ । अझै केही बेपत्ता बन्धकहरू कहाँ छन् भनेर पत्ता लगाउन हमासलाई समय लाग्ने ठानिएको छ । गाजामा अझै ९६ इजरायली बन्धक रहेको अनुमान छ । यी मध्ये ६२ जना जीवित रहेको इजरायलको अनुमान छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार