असार २४, २०८२ मंगलबार July 8, 2025

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

पदच्यूत प्रधानमन्त्रीले बङ्गलादेश सरकारद्वारा कथित राजद्रोहको आरोपमा पूर्व इस्कोन पुजारी चिन्मय कृष्ण दासको हालैको गिरफ्तारीको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका,  पुस ८ गते । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताउनुभयो ।

“हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भन्नुभयो ।

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भयो ।

छयत्तर वर्षीया हसिना भारत भाग्नुभयो र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताउनुभएको थियो ।

युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताउनुभएको थियो ।

“सन् २०२४ जुलाई ७ मा सुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा सुरु गरिएको थिएन, तर मलाई सत्ताच्यूत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भन्नुभयो, उहाँ मास्टरमाइन्ड हुनुहुन्थ्यो, उहाँले यो षड्यन्त्र सुरु गर्नुभयो किनभने सबै मागहरू पूरा भए र देशभरि विरोध प्रदर्शन भए पनि विरोधको कुनै सम्भावना थिएन, यो एक सावधानीपूर्वक षड्यन्त्र थियो”, हसिनाले दावी गर्नुभयो ।

उहाँले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताउनुभयो ।

“आज बङ्गलादेश कठिन समयबाट गुज्रिरहेको छ । फासीवादी सरकारअन्तर्गत बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ । सम्पूर्ण बङ्गलादेश जलिरहेको छ, आज, बङ्गलादेश नष्ट भइरहेको छ”, उहाँले भन्नुभयो ।

पदच्यूत प्रधानमन्त्रीले बङ्गलादेश सरकारद्वारा कथित राजद्रोहको आरोपमा पूर्व इस्कोन पुजारी चिन्मय कृष्ण दासको हालैको गिरफ्तारीको उल्लेख गर्दै भन्नुभयो, “उनीहरूले चिन्मय कृष्ण दासलाई गिरफ्तार गरे र उहाँको बचाउ गर्न कुनै प्रकारको वकिल हुन नसक्ने बताए । यो कस्तो न्याय हो ? यसले प्रमाणित गर्छ कि बङ्गलादेशमा कानून र व्यवस्था छैन ।”

अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यर्पणको प्रभावबारे चिन्तित छन् । रासस, एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार