बैसाख २२, २०८३ मंगलबार May 5, 2026

न्यायालयलाई फितलो र कमजोर बनाउने काम गर्नुहुँदैन : लक्ष्मणलाल कर्ण, जसपा नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईहरूले सक्षम न्यायाधीशहरूलाई सिफारिस गर्नुभएको छ ? पछिल्लो समय प्रधानन्यायाधीशहरूमाथि पनि प्रश्नहरू उठ्न थाले रञ्जन कोइराला प्रकरणमा । के भन्नुहुन्छ ?

यो देशको दुर्भाग्य हो । सबैलाई न्याय दिने, न्याय खोज्दा खोज्दा कही न्याय पाइएन भने सर्वोच्च अदालतको हामीले कल्पना गरेका छौँ । पहिले राजाहरूले न्याय दिन्थे, अहिले हामी सर्वोच्च अदालत धाउँछौँ । न्यायको खोजीमा मान्छेहरू वर्षौ धाउने गर्छौँ । न्याय पाएन भने त्यही समाजमा फेरि रिभोलुसन (क्रान्ति) हाबी हुन्छ । यस केसको समाजमा धेरै चर्चा भयो । मैले बुझ्दै बुझ्दिन् यो नेपालको समाजलाई, फैसला गर्दाखेरि न्यायाधीशको रायलाई, त्यो न्यायाधीशको विचार र राय हो । न्यायाधीशले कसैलाई थुन्यो भने त्यो इमान्दार भइहाल्छ, छोड्यो भने बेइमान भइहाल्छ । यस किसिमको हामी न्यायको कल्पना गर्छौँ । न्यायालयलाई हामी यत्ति गाली गर्छौँ भने न्यायालय कमजोर हुन्छ ।

रञ्जन कोइरालाले आफ्नो श्रीमतीलाई हत्या गरेको हो । त्यो प्रमाण छ । गीता ढकालको ? तपाई यतिखेर प्रधानन्यायाधीशको पक्षमा आउनुभयो ? मुद्दाको छिनोफानो गर्दाखेरि २० वर्ष कैद तोकेको होइन ? यसलाई घटाउन मिल्छ ?

किन मिल्दैन ? कानुन बनाउनुहुन्छ, घटाउनसक्ने राय दिनुहुन्छ, अनि मिल्छ ? भनेर भन्ने । कानुन नै त्यही बनाउनुहुन्छ, सजाँय सम्बन्धि ऐन, नयाँ डेभलप्ड नियम बनाउनुभयो, लेखिरहेको छ सजाँय घटाउन सक्छ ।

कैद सजाय छुट दिन मिल्छ भन्ने पक्षमा लक्ष्मणलाल कर्ण हुनुहुन्छ ?

न्यायाधीशको राय हो । त्यहाँ चित्त बुझेन भने फेरि पुनरावलोकनमा जानुस् । व्यवस्था गरिराखेको छ । यस किसिमले न्यायालयलाई फित्तलो र कमजोर बनाउने काम नै गर्नुहुँदैन ।

पुनरावलोकनमा त जाला । महान्यायाधिवक्ताको कार्यालय त गईसक्यो । तर निसाफ दिनुप¥यो अदालतले ?

के जबर्जस्ती छ ? के यो हामीले नुन, तेल, खुर्सानी किन्न गएको हो ? पैसा दिन्छु, तिमी दिईहाल । पुनरावलोकनको कानुनी व्यवस्था जुन छ, त्यो व्यवस्था अनुसार न्यायाधीशलाई अनुभव भयो भने यसमा दिनुपर्छ । यसमा इन्साफ यता उता भएको रहेछ भने त दिन्छ नै । लागेन भने दिदैँन ।

तपाईलाई थाहा छ, गीता ढकालको पिताको पीडा ? हिजो प्राइम टि.भी. को जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा उहाँले रुँदै के भन्नुभएको छ ? तपाईलाई थाहा छ ?

आफ्नो सन्तान मरेपछि त रुन्छ नि मान्छे ।

देशमा न्याय छ, भन्ने लागेको थियो तर देखिएन । सबै प्रमाणहरू हुँदा हुँदै पनि हामी आज यो पीडामा छौँ । हाम्री छोरीको हत्यारा कसरी छुट्यो ? हाम्रो छोरीमाथि पनि यस्तो घटना ? न्याय माग्न कहाँ जाने ? भरोसा कसको गर्ने ?

उहाँहरूको पीडाप्रति संवेदनशीलता, सहानुभूति छ । जेलमा जानुभयो भने ६० देखि ७० प्रतिशतहरू निर्दोष बसिरहनुभएको हुन्छ । हाम्रो परम्परा के हो भने जेलमा ठुसिएन, लगिएन भने त्यो न्यायविपरीत मान्नुहुन्छ । अब त्यो जेलमा लग्यो भने इमान्दार भईहाल्छ, यो कन्सेप्टबाट टाढा जानुपर्छ हामीले । इन्साफ भनेको के हो ? कानुनको परिधिभित्र कानूनले गरेको व्यवस्थाअनुसार नै न्याय दिनुपर्दछ । त्यसैले ठाउँ–ठाउँमा न्यायालय, अदालत बनाइराखेको छ । चित्त नबुझे अगाडि बढ्नुपर्ने व्यवस्था बनाइराखेको छ ।

रञ्जन कोइरालाले पत्नीको हत्या गरेकै हो । जिल्ला, सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएकै हो ।

सर्वोच्च अदालतले यीनले हत्या गरेको होइन भनेर भनेकै छैन ।

साँढे एघार वर्ष कैद सजाय छुट हुनसक्छ ?

आधारहरू त्यही फैसलामा लेखिराखेको छ ।

त्यो फैसलालाई मान्नैपर्छ भन्ने हो तपाईको भनाई ?

कैद घटाउने आधारहरू पनि खोलिराखेको रहेछ । किन घटाइराख्यो भन्ने कुरा कारण दिईराखेको रहेछ । कारण बताइराखेको रहेछ कि आवेशमा आएर यो घटना भएको हो । उनका सन्तानहरूको रक्षा गर्नका लागि अभिभावक भएको कारणले घटाइदिए । अब त्यो कति जायज छ, त्यो त व्यक्तिगत न्यायाधीशको जुन दिइएको छ, तद्बिज त्योअनुसार गरेको हो । त्यसमा चित्त बुझेन भने पुनरावलोकन गर्दा हुन्छ, सर्वोच्चले हेर्छ फेरि ।

तपाईले संसदीय समितिको सुनुवाईमा चोलेन्द्र शमशेर ज.ब.रा. लाई न्यायाधीश गरेको व्यक्ति हो तपाई ? उहाँमाथि प्रश्नहरू खडा भएका छन् । त्यसमा तपाई बचाऊ गरिरहनु भएको छ ।

होइन मैले बचाऊ गरेको होइन । मलाई के लिनुदिनु छ र मैले बचाऊ गर्ने ? कानुनी जुन सिस्टम हो, जुन कानुनमा हामीले बनाइराखेका छौँ । त्यसको कुरा गरेको हो, मैले । उहाँको नियुक्तिको सिफारिस न्यायपरिषद्ले गरेको हो । त्यसपछि संवैधानिक परिषद्ले सिफारिस गरेको हो । हामीले सुनुवाइ गरेका छौँ । उचित देखेर हामीले पठाएका हौ ।

वीरगञ्ज र पर्सामा कोरोनाको संक्रमण धेरै बढेको छ, त्यहाँबाट मलाई धेरै समाचारहरू आइरहेको छ । निषेधाज्ञाहरू जारी भएको छ । के छ त्यहाँको अवस्था ?

राज्यको सरकारका जरुरत कुन बेला पर्छ ? यस्तै महामारी, दैवी प्रकोपमा । जुन देशमा मान्छेले सरकारको महशुस नै गरेको छैन, कहाँ छ सरकार ? पहाडमा पहिरोबाट मान्छे मरिराखेका छन् । जलमग्न तराइ भइराखेको छ । कोरोनाबाट मान्छे मरिरहेको छ । सरकारका पार्टी र सरकारले को प्रधानमन्त्री भन्ने भनेर लडिराखेका छन् । यसरी देश चल्छ ? यसरी सरकार हुन्छ ? यस्तो अवस्था भयो भने वीरगञ्जमा मात्र होइन, काठमाडौँमा हेर्ने हो भने के हल्ला हुन्छ ? जाँच नै गरिएन भने त केही पत्ता लाग्दैन । वीरगञ्जमा जाँच सुरु भएको भएर देखिरहेको छ । यो देश त अहिले कोरोनाको भयावह अवस्थामा छ । जहाँ परीक्षण सुरु भएको छ, त्यही देखिराखेको छ । राज्यको महशुस नै जनताले गरेका छैनन् । सरकारको महशुस नै भएको छैन । सरकार आफैमा लडिरहेको अवस्था छ । पार्टीभित्र द्वन्द्वमा छ । जनताको लागि केही गर्न सकेको छैन । रिपोटर्सनेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार