असार २४, २०८२ मंगलबार July 8, 2025

उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला

सन् १९५२ देखि अहिलेसम्म तीन हजार ९२७ व्यक्ति बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेक्सिको सिटी, पुस १२ गते । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।

अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो ।

“यो खोज डिसेम्बर १८, १९ र २० मा भएका खोजी कार्यहरूका क्रममा गरिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “पहिचान नखुलेका कङ्कालहरू र प्रमाणहरू सियुडाड जुआरेज सहरको फरेन्सिक मेडिकल सर्भिसको प्रयोगशालामा स्थानान्तरण गरिएको छ ।”

चिहुआहुआ वर्षौँदेखि लागूऔषध तस्करी र संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूको तस्करीको मार्गका रूपमा सङ्गठित अपराधसँग जोडिएको हिंसाबाट प्रभावित छ ।

आधिकारिक तथ्याङ्कअनुसार सन् १९५२ देखि अहिलेसम्म तीन हजार ९२७ व्यक्ति बेपत्ता भएका छन् । हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यहरू जालिस्को र तामाउलिपासमा सोही अवधिमा प्रत्येकमा १३ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २००६ मा सरकारले मानव बेचबिखनसँग लड्न सेना परिचालन गरेदेखि मेक्सिकोले लागुऔषधसँग सम्बन्धित हिंसामा चार लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार