काठमाण्डौंः चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ । पूर्वेली लोक गीतका चर्चित व्यक्तित्व राईले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका छन् ।
उनलाई गायिका अञ्जु गौतमले साथ दिएकी छिन् । अञ्जुले अहिलेसम्म एकसय बढी गीतमा स्वर दिइसकेका छन् । ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द र संगीत पनि गायक शम्भुकै रहेको छ ।
गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ ।
अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन् । गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको छ ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया