कार्तिक ९, २०८३ सोमबार October 26, 2026

चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी चयन

यस्तो छ नयाँ नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आइतबार सम्पन्न २१औ साधारण सभा तथा चुनावी अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा अग्रज हास्यव्यंग्य कलाकार उत्तम केसी (चुईचुइ पारेर) निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न निर्वाचन परिणामबाट अर्का अध्यक्षका उम्मेदवार अभिनेता सविन श्रेष्ठलाई हराउँदै उत्तम केसी अध्यक्षमा विजयी भएका हुन् ।

कलाकार संघको दुई उपाध्यक्ष पदको लागि सम्पन्न निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जस मध्येबाट कलाकार शिवहरि नेपाल वैरागी र अभिनेत्री पुजना प्रधान (स्त्री) बिजयी भएका छन् ।

सोही अधिवेशनबाट संघको महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल ‘छन्दे’, कोषाध्यक्षमा तेजुला खतिवडा र सह कोषाध्यक्षमा पवन केसी बिजयी भएका छन् । संघमा उत्तम र सविनको प्यानल चुनावमा उत्रिएकोमा सह कोषाध्यक्षबाहेक सबै पदाधिकारी उत्तमकै प्यानलबाट विजयी भएका हुन् ।

यस्तै नेपाल चलचित्र कलाकार संघको १० जना केन्द्रीय सदस्यमा कलाकारहरू दमन रुपाखेती, मोनिका दाहाल (चन्द्रकला), इन्द्रबहादुर लामा (खम्बे), लब्ली (चन्द्रकला राई), श्रीदेव भट्टराई, छुल्ठिम गुरुङ, नवीन कुमार श्रेष्ठ, जीवन थापा, रश्मी भट्ट र सुले मान शंकर (इकु) विजयी भएका छन् । १० जना केन्द्रीय सदस्यका लागि २८ जना कलाकारहरूले उम्मेदवारी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार