कार्तिक ९, २०८३ सोमबार October 26, 2026

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायतका कलाकारहरूले अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, जेठ १ गते । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ राष्ट्रभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । सामाजिक रूपान्तरण, अन्याय तथा अत्याचारको अन्त्य, आम नागरिकमा न्यायप्रतिको भरोसा र आशा, आपसी सहिष्णुता, भातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने मूल सन्देशसहित सो गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमार्फत समाजमा सकारात्मक सोच, सहकार्य र परिवर्तनको आवश्यकतालाई कलात्मक रूपमा औँल्याइएको छ । उक्त गीतमा दीपक शर्माको सङ्गीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा गायक समीर खरेल, सबिन सुवेदी तथा गायिकाद्वय सदिच्छा कट्टेल र बेनिसा पौडेलले स्वर दिनुभएको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना रानामगर र किरण थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन तथा नृत्य निर्देशन (कोरियोग्राफी) किरण थापाले गर्नुभएको हो भने छायाङ्कन पवन सोस्लिङ र परिकल्पना सरोज ओलीको रहेको छ ।

प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै सङ्गीत साधनामा समेत रुचि राख्दै आउनुभएको छ । उहाँले यसअघि पनि विभिन्न सामाजिक तथा भावनात्मक विषय समेटिएका गीतहरू सार्वजनिक गरिसक्नुभएको छ । उहाँको शब्दमा आधारित ‘आमा म त खरानीबाट उठेर आएँ’ बोलको गीतले प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावलाई मर्मस्पर्शी रूपमा चित्रण गरेको थियो ।

त्यसैगरी, उहाँकै रचना रहेको ‘फूलको बास्ना सरी’ मा प्रहरीका दुःख, आन्तरिक भावना र जनताप्रतिको सेवाभाव समेटिएको छ । आइजीपी कार्कीले दशैँ, तिहार, बालगीत तथा व्यावसायिक गीतमा समेत शब्द सिर्जनामार्फत कलम चलाउँदै आउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार