भाद्र २४, २०८३ बुधबार September 9, 2026

देशप्रेमको सन्देश बोकेको ‘नेपालकी छोरी’ गीतको भिडियो सार्वजनिक

नेपालकी छोरी’ मार्फत नेपाली नारीको पहिचान उजागर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २१ गते । विगत दुई दशकदेखि शास्त्रीय सङ्गीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कुमार मिश्रको शब्द र टेकेन्द्र नेपालीको सङ्गीत रहेको सो गीतको भिडियोमा अभिनेत्री गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ । भिडियोमा देशप्रेम, अग्रजप्रति आदर र अनुजप्रति स्नेहभाव समेटिएको छ भने सकारात्मक सोच भर्ने प्रयास गरिएको छ ।

गीतका माध्यमबाट गीतकार र गायिकाले नेपाली छोरीको स्वाभिमान र पहिचानलाई प्रस्तुत गरेका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियो निर्देशन जिबी आग्रीले गर्नुभएको हो ।

थम्मन टाडीको नृत्य निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहाल तथा सम्पादन सिलन लम्सालले गर्नुभएको हो । भिडियो ओएसआर डिजिटलमार्फत बजारमा आएको हो । गायिका तेजवती र सङ्गीतकार टेकेन्द्रले यसअघि ‘चुम्बक’ र ‘हजार जुनी’सहित चारवटा गीतमा सहकार्य गरिसक्नुभएको छ । गायिका जोशीले यसअघि नेपाली र नेवारी भाषाका थुप्रै गीत बजारमा ल्याइसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
२०८३ भाद्र २४, बुधबार
राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
चिनियाँ एआईमाथि अमेरिकी आरोप
२०८३ भाद्र २४, बुधबार
लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग
२०८३ भाद्र २४, बुधबार
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार