कार्तिक ९, २०८३ सोमबार October 26, 2026

देशप्रेमको सन्देश बोकेको ‘नेपालकी छोरी’ गीतको भिडियो सार्वजनिक

नेपालकी छोरी’ मार्फत नेपाली नारीको पहिचान उजागर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, जेठ २१ गते । विगत दुई दशकदेखि शास्त्रीय सङ्गीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कुमार मिश्रको शब्द र टेकेन्द्र नेपालीको सङ्गीत रहेको सो गीतको भिडियोमा अभिनेत्री गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ । भिडियोमा देशप्रेम, अग्रजप्रति आदर र अनुजप्रति स्नेहभाव समेटिएको छ भने सकारात्मक सोच भर्ने प्रयास गरिएको छ ।

गीतका माध्यमबाट गीतकार र गायिकाले नेपाली छोरीको स्वाभिमान र पहिचानलाई प्रस्तुत गरेका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियो निर्देशन जिबी आग्रीले गर्नुभएको हो ।

थम्मन टाडीको नृत्य निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहाल तथा सम्पादन सिलन लम्सालले गर्नुभएको हो । भिडियो ओएसआर डिजिटलमार्फत बजारमा आएको हो । गायिका तेजवती र सङ्गीतकार टेकेन्द्रले यसअघि ‘चुम्बक’ र ‘हजार जुनी’सहित चारवटा गीतमा सहकार्य गरिसक्नुभएको छ । गायिका जोशीले यसअघि नेपाली र नेवारी भाषाका थुप्रै गीत बजारमा ल्याइसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार