असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण कोरिया विमान दुर्घटना अपडेटः १७९ जनाको मृत्यु

दुर्घटनामा परेका मध्ये दुई जनाको भग्नावशेषबाट जीवितै उद्दारपश्चात उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण कोरियामा भएकव् विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ जना पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भइसकेको अन्तिराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परेका मध्ये दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको छ । ती दुई जना बाहेक अन्य सबै यात्रुको मृत्यु भइसकेको बताइएको छ । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको ।

धावनमार्गबाट चिप्लिएर दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ ।

विमानको ल्याण्डिङ गियरमा भएको गडबडीले दुर्घटना भएको उल्लेख गरिएको छ र प्रत्यक्षदर्शीका अनुसार विमानमा चरा ठोक्किएर दुर्घटनाग्रस्त भएको पनि भनिएको छ ।

१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । जहाजमा रहेका यात्रुहरूमा १ सय ७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार