असार २४, २०८२ मंगलबार July 8, 2025

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबिच भेटवार्ता

रुसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमास्कस, पुस १५ गते । सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो ।

Syria and Ukraine seek ‘strategic partnerships’ as senior officials meetसन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्‍याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठुलो झट्काका रूपमा हेरिएको छ ।

सानाले सिरियाली अधिकारीलाई उदृत गर्दै भनेको छ, “सिरियाको नयाँ प्रशासनका नेता अहमद अल-शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।”युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले ५०० टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताउनुभएको छ । युद्धको बावजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार