असार २४, २०८२ मंगलबार July 8, 2025

इजरायली हमलामा जबालियामा १५ जनाको मृत्यु

जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र), पुस १७  गते । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजामा विशेष गरी जबालिया सहर र यसको छेउछाउको शरणार्थी शिविरलाई लक्षित गर्दै ठूलो भूमि र हवाई आक्रमण गरिरहेको छ ।

सेनाले आक्रमण हमास लडाकूहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको बताएको छ । यद्यपि उद्धारकर्ताहरूले आक्रमणले पहिले नै हजारौँ नागरिकको ज्यान लिइसकेको बताएका छन् ।

“जबालिया सहरमा विस्थापित मानिसहरू बसिरहेको घरमा मध्यरातपछि भएको यो नरसंहारमा १५ जना मारिए र २० जनाभन्दा बढी घाइते भए”, नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो ।

सम्पर्क गर्दा इजरायली सेनाले रिपोर्ट गरिएको आक्रमणबारे अनुसन्धान गरिरहेको बतायो ।

बासलले घरमा बस्नेहरू बद्रा, अबु वर्दा र तरुस परिवारका सदस्यहरू रहेको बताउनुभयो । उनीहरूले त्यहाँ शरण लिएका थिए ।

गत वर्ष अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजाका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक विस्थापित भएका छन् ।

जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगिएको आफ्नो पहिलो नाम बताउने उद्धारकर्ता मोहम्मदले जानकारी दिनुभयो ।

“उनीहरूलाई लक्षित घरको भग्नावशेषमुनिबाट बाहिर निकालिएको थियो”, उहाँले भन्नुभयो । केही पीडितका आफन्तका अनुसार उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषमुनि बाँचेका व्यक्तिहरूको खोजी गरिरहेका छन् । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार