असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशी जेलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि अफगानिस्तान फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरू बुधबार अफगानिस्तान फर्केका हुन् ।

गत वर्ष अक्टोबरमा ३५ जना अफगानी बन्दीलाई पाकिस्तानी जेलबाट रिहा गरी स्वदेश फर्काइएको पनि मन्त्रालयले जनाएको छ ।

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशमा जेलमा छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानमा रहेको अफगानिस्तानको जेल प्रशासनको सन् २०२४ सेप्टेम्बरको तथ्याङ्कले देखाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार