असार २४, २०८२ मंगलबार July 8, 2025

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै साता राजीनामा दिने

आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।

पार्टीको आन्तरिक मामिलाबारे जानकार तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै ग्लोबले ट्रुडोको घोषणा छिटोमा सोमबार र ढिलोमा बुधबारसम्ममा आउनसक्ने जनाएको छ । ग्लोब स्रोतका अनुसार घोषणा सम्भवतः बुधबार राष्ट्रिय लिबरल पार्टीको बैठकअघि हुनेछ ।

पार्टीले नयाँ नेतृत्व खोजिरहेको बेला ट्रुडो अन्तरिम हैसियतमा रहने वा नरहने भन्ने स्पष्ट नभएको द ग्लोबले जनाएको छ । हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ, उहाँको सरकार अविश्वासको मतको शृङ्खलाबाट बचेको छ र आलोचकहरूले उनको राजीनामाको माग गरेका छन् ।

उनले सन् २०२५ को अक्टोबरमा हुने चुनावमा लिबरललाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रुडोले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको थप दबाबको सामना गर्नुपरेको छ । उनले क्यानाडाका सामानहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा ट्रुडोसँग असहमति जनाएपछि डिसेम्बरमा राजीनामा दिएका थिए । सोही महिनाको अन्त्यतिर ट्रुडोले आफ्नो मन्त्रिमण्डलमा ठूलो फेरबदलको घोषणा गरे । उनले राजनीतिक उथलपुथललाई समाधान गर्न आफ्नो मन्त्रीमण्डलको एक तिहाई सदस्यलाई हेरफेर गरेका थिए । गत नोभेम्बरमा उनी ट्रम्पलाई भेट्न फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा गएका थिए ।

ट्रुडोले सन् २०१५ मा कालो घुँघराले कपाल र आत्मविश्वासी स्वैगरका साथ सत्तामा पुगेका थिए र सन् २०१९ र २०२१ मा लिबरललाई थप दुई वटा मतपेटिकामा जित दिलाएका थिए । पछिल्लो जनमत सर्वेक्षणमा ट्रुडो आफ्ना मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ पियरे पोइलिभ्रेभन्दा २० अङ्कले पछि परेका छन् ।

प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दुई कार्यकालमा ट्रुडोले सिनेटमा सुधारहरू ल्याए भने संयुक्त राज्य अमेरिकासँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरे र क्यानाडाको हरितगृह ग्याँस उत्सर्जन कम गर्न कार्बन कर लागू गरेका थिए ।

तीन सन्तानका पिता रहेका ट्रुडोले भाङलाई कानुनी मान्यता दिएको, बेपत्ता र हत्या गरिएका आदिवासी महिलाहरूको बारेमा सार्वजनिक अनुसन्धान गर्ने नेतृत्व गरेको र चिकित्सकीय सहायताले आत्महत्या गर्न अनुमति दिने कानून पारित गरेका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार