असार २४, २०८२ मंगलबार July 8, 2025

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

 उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक कात्सिना राज्यमा डाकुहरूको दादागिरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कानो, नाइजेरिया, पुस २७ गते । नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् ।

कात्सिना प्रहरीप्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा एक मृत सहकर्मीको परिवारप्रति समवेदना व्यक्त गरी फर्कंदै गरेको सरकारलाई सहयोग गर्दै आएका लडाकूको एक टोलीमाथि डाकुहरूले गोली चलाएका थिए।

“दुःखको कुरा, आक्रमणका कारण २१ जनाको मृत्यु भएको छ”, अलियुले भन्नुभयो, “प्रहरीले आक्रमणका दोषीलाई पक्राउ गर्न प्रयास गरिरहेको छ।”

उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक कात्सिना राज्यमा डाकुहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने साथै घरहरू जलाउने र लुट्ने गर्दै आएका छन् ।

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल जङ्गलमा लुकीछिपी बस्दै आएको गिरोहले हालैका वर्षहरूमा विद्यालयबाट विद्यार्थीहरूको सामूहिक अपहरणका लागि कुख्याति कमाएका छन् ।

सन् २०२३ मा कात्सिना राज्यका गभर्नर डिक्को उमर रड्डाले ‘कात्सिना कम्युनिटी वाच कोर ९केसीडब्ल्युसी०’ को स्थापना गरी सरकारलाई सघाउन करिब दुई हजार लडाकूलाई भर्ती गर्नुभएको थियो ।  रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार