असार २४, २०८२ मंगलबार July 8, 2025

गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए

गाजाको छिमेकी शहर दाराजमा एक घरमा भएको आक्रमणमा चार जना प्यालेस्टाइनी मारि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ ।

उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा दुई महिला र दुई बच्चासहित आठ नागरिक मारिएका हुन् ।

यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कयौँ बरिष्ठ अधिकारीलाई कतार पठाएको समेत बताइँदै छ । एक महिलाले भनेकी छन्, ‘इजरायलीहरुले विना कुनै पूर्व चेतावनी हामीलाई निशाना बनाए । उनीहरुले हामीमाथि क्षेप्यास्त्र हानेका छन् । हाम्रा बच्चाहरु ज्यूँदा वा मुर्दा कहाँ छन्, थाहा छैन ।’

प्यालेस्टाइनी समाचार एजेन्सी वफाले गाजाभर विभिन्न स्थानमा हमला भइरहेको सूचना दिएको छ । गाजाको छिमेकी शहर दाराजमा एक घरमा भएको आक्रमणमा चार जना प्यालेस्टाइनी मारिएका र कयौँ घाइते भएका बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया