भाद्र १३, २०८३ शनिबार August 29, 2026

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ‌ंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय २९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ८७५ पुगेको छ । जुन कूल सङ्क्रमितको ७२.८ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ३३१ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतम जानकारी दिए ।

हालसम्म सङ्खुवासभा, भोजपुर, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
२०८३ भाद्र १३, शनिबार
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
२०८३ भाद्र १३, शनिबार
काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
२०८३ भाद्र १३, शनिबार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपीडितको शव व्यवस्थापन चुनौतीपूर्ण, ५११ शव अस्पतालमा
२०८३ भाद्र १३, शनिबार