भाद्र २१, २०८३ आइतबार September 6, 2026

प्रधानमन्त्री शाहद्वारा भारतलाई स्वतन्त्रता दिवसको शुभकामना

नेपाल-भारतबीच घनिष्ठ सम्बन्ध तथा पारस्परिक सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३० साउन । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतका मित्रवत् जनता र सरकारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले शनिबार बिहान आफ्नो आधिकारिक एक्स (X) खातामार्फत शुभकामना दिँदै नेपाल र भारतबीच रहँदै आएको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको घनिष्ठ सम्बन्ध तथा पारस्परिक सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया