भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

कालिकोटमा पहिरोले घर पुरिदाँ एकै परिवारका ७ सहित ९ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ४ र ७ मा गए राति पहिरोले घर पुर्दा ९ जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले घर पुर्दा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गंगे बुढा (६२) उनकी श्रीमती नैना (६१), छोरी विमला (१८), बुहारी उषा (२४), नातिनी चन्द्रिका (१०), नातिहरु राम (७) र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने विमलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम ओलियाले हिमालखबरलाई जानकारी दिए।

यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ४ मा पनि अर्को घर पुरिंदा बाले बुढा र उनकी श्रीमती मनाको मृत्यु भएको छ। सदरमुकामबाट एक दिनको पैदलमा पर्ने सो ठाउँमा इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी टोली खटिएर उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार, उद्धारका साथै जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार