असार २३, २०८२ सोमबार July 7, 2025

अनौठ रोगः शरिरमा उम्रन्छन् रुखका हाँगा, २५ पटक अपरेसन गर्दा पनि निको भएन ..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमा धेरै अनौठा मानिसहरु छन् । यस्तै एक यस्ता अनौठा मानिस छन्, जसको शरिर नै रुखका हाँगा जस्ता छन् । ती अनौठा मानिस बंगलादेशका हुन् । बंगलादेशका अब्दुल बजनदारको शरीरको संरचना सामान्य मानिसको भन्दा फरक छ ।

उनको शरीरमा रुखका जरा नै जरा उम्रिएका छन् । खासमा उनको शरिरमा रुखका जरा उम्रिएको होइन । उनको शरिर एक रोगका कारण विग्रिएको हो ।  रोगका कारण उनका हात र खुट्टामा रुखका हाँगा जस्ता भएका हुन् । उनले आफ्नो शरिर ठिक गर्न २५ पटक अपरेसन गरे ।  तर उनको त्यो समस्या हटेन ।

उनको त्यो समस्याले उनलाई रातमा सुत्न पनि गाह्रो हुन्छ । उनमा देखिएको उक्त रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् । उनी आफ्नो यस्तो शरिर देखेर धेरै नै चिन्तित छन् । क्यानडा नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया