मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

मृतकहरूमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्यहरू रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काबुल, २९ माघ । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा एक बैंकबाट तलब लिन पर्खिरहेका मानिसहरूको लाइनलाई लक्षित गरी भएको आक्रमणमा सात जना घाइतेसमेत भएका छन् ।

“घरेलु विस्फोटक उपकरणहरू बोकेका एक आत्मघाती बम विस्फोटकले आफैँलाई विस्फोट गरायो”, कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले भने, “कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ ।”

उनले मृतकहरूमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्यहरू रहेको जनाकारी दिए ।

गत वर्ष मार्चमा इस्लामिक स्टेट (आइएस) को क्षेत्रीय शाखाले दावी गरेको आक्रमणमा दक्षिणी सहर कान्दाहारको बैंक बाहिर बम विस्फोट गर्दा एक आत्मघाती बम विस्फोटकले कम्तीमा तीन जनाको हत्या गरेको थियो ।

मङ्गलबारको आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।

तालिबानले सन् २०२१ अगस्टमा अमेरिका समर्थित सरकारलाई हटाएर सत्ता कब्जा गरेपछि आफ्नो विद्रोह समाप्त गरेदेखि अफगानिस्तानमा बम विस्फोट र आत्मघाती आक्रमणहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ ।

तथापि आइएस सहित केही सशस्त्र समूहहरू अझै खतराको रूपमा रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार