मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : प्रधानमन्त्री मोदी

मेसिन मानिसमाथि कहिल्यै हाबी हुन नसक्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पेरिस । पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको बताउनुभएको छ ।

भारतीय स्टार्ट–अपहरूलाई किफायती मूल्यमा अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल उपलब्ध गराइएको प्रधानमन्त्री मोदीले बताउनुभयो ।

“भारतले हाम्रो विविधतालाई ध्यानमा राख्दै आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको छ । हामीसँग गणना शक्ति जस्ता स्रोतहरू सङ्कलन गर्नको लागि एक अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल पनि छ । यो हामीले हाम्रो स्टार्टअप र अनुसन्धानकर्तालाई किफायती लागतमा उपलब्ध गराइएको छ । एआई भविष्य राम्रो र सबैका लागि होस् भनी सुनिश्चित गर्न भारत आफ्नो अनुभव र विशेषज्ञता साझा गर्न तयार छ,”प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

“भारत एआई युगको सुरुवातमा रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले मेसिन मानिसमाथि कहिल्यै हाबी हुन सक्दैन बताउनुभयो । हामी एआई युगको सुरुवातमा छौँ, जसले मानवताको दिशालाई आकार दिनेछ । केही मानिसहरू चिन्तित छन् कि मेशिनहरू मानिसको लागी बुद्धिको मामलामा उच्च हुनेछ । तर हाम्रो सामूहिक भविष्य र साझा भाग्यको चाबी हामी मानिस बाहेक अरू कसैसँग छैन ।”

प्रधानमन्त्रीले भारतले बनाएको डिजिटल सार्वजनिक पूर्वाधार सबैको लागि खुला र पहुँचयोग्य रहेको बताउनुभयो ।

“भारतले एक अर्ब ४० करोड भन्दा बढी मानिसको लागि धेरै कम लागतमा सफलतापूर्वक डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरेको छ । यसले हाम्रो अर्थतन्त्रलाई आधुनिकीकरण गर्न, शासन सुधार गर्न र हाम्रा जनताको जीवन परिवर्तन गर्नका लागि नियम र अनुप्रयोगहरूको विस्तृत दायरा छ ।”

“भारतले डाटाको शक्ति प्रयोग गरेको छ । यो भारतको राष्ट्रिय एआई मिसनको आधार हो । हामीले हाम्रो डेटा सशक्तिकरण र सुरक्षा संरचना मार्फत डेटाको शक्तिलाई अनलक गरेका छौँ । साथै, हामीले डिजिटल कमर्सलाई प्रजातान्त्रिक र सबैका लागि पहुँचयोग्य बनाएका छौँ । यो भारत राष्ट्रिय एआई मिसनको आधार हो । भारत एआई र डाटा गोपनीयतामा टेक्नो कानूनी समाधानमा अग्रणी छ । हामी सार्वजनिक हितको लागि एआई अनुप्रयोगहरू विकास गर्दैछौं,” उहाँले थप्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार