मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

किएभमाथिको आक्रमणले पुटिन ‘शान्तिको लागि तयार छैनन्’ भन्ने देखिन्छ : जेलेन्स्की

आक्रमणपछि राजधानीका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, ३० माघ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बिहान किएभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापना गर्न चासो नदेखाएको बताउनुभएको छ ।

राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले ढाकिएको एक व्यक्तिको शव देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

जेलेन्स्कीले अपार्टमेन्ट, कार्यालय भवन र नागरिक संरचनामा क्षति पु¥याएको उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र एक बालकसहित कम्तीमा चार जना घाइते भएको जानकारी गराउनुभएको छ ।

आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि तयारी गरिरहेको बुझिँदैन बरू उहाँले थप युक्रेनी नागरिकको हत्या र शहरहरू ध्वस्त पार्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ।”

उहाँले भन्नुभयो, “रूसमाथि कडा कदम र दबाबले मात्र यो आतङ्क रोक्न सक्छ । अहिले हामीलाई यो युद्धको न्यायोचित अन्त्यको लडाइँमा हाम्रा सबै साझेदारहरूको एकता र समर्थनको खाँचो छ।”

मस्को, वासिङ्टन र किएभबाट करिब तीन वर्षदेखि जारी रुसी आक्रमणलाई अन्त्य गर्न सकिने वार्ताको सम्भावनालाई लिएर चर्को वक्तव्यबाजी भइरहेका बेला उक्त टिप्पणी आएको हो ।

आपतकालिन सेवाका अनुसार आक्रमणपछि राजधानीका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन गरिएको र ब्यारेजबाट लागेको आगो निभाइएको छ ।

चेर्निगिभ क्षेत्रको किएभको उत्तरमा रहेका गभर्नर व्याचेस्लाभ चाउसले रूसी सेनाले ब्यारेजमा रहेका ‘महत्वपूर्ण पूर्वाधार’लाई निशाना बनाएको र त्यहाँ दुई जना घाइते भएको बताउनुभएको छ ।

युक्रेनी वायु सेनाले छ वटा क्षेप्यास्त्र खसालेको र इरानी डिजाइनका ड्रोनसहित १२३ ड्रोनमध्ये ७१ वटा ड्रोन खसालेको जनाएको छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार