असार २३, २०८२ सोमबार July 7, 2025

भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहान्तसम्म जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टर्की, फागुन १ गते । टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् ।

साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् । उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए ।

इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहान्तसम्म जारी रहने बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया