असार २३, २०८२ सोमबार July 7, 2025

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १७ महाकुम्भ यात्रीको मृत्यु, २५ बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शनिबार राति करिब ९:२६ बजे भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० महिला र ३ बालबालिका छन्। २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ।

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जानका लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चिएको थियो।

सुरुमा उत्तरी रेलवेका सीपीआरओ (प्रमुख जनसम्पर्क अधिकारी) ले भागदौड भएको कुरालाई अस्वीकार गरेका थिए। उनले यो केवल हल्ला मात्र भएको बताएका थिए।

तर दिल्लीका उपराज्यपाल वीके सक्सेनाले ट्वीट गर्दै मृत्युप्रति समवेदना व्यक्त गरेका छन्। त्यसको २० मिनेटपछि लोक नायक जय प्रकाश अस्पतालले १५ जनाको मृत्युको पुष्टि गर्‍यो। रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा ३० जनाको मृत्यु भएको थियो। त्यही समयमा फेब्रुअरी १०, २०१३ मा कुम्भको समयमा प्रयागराज स्टेशनमा भागदौड मच्चिएको थियो। दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार