मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

उत्तर कोरियाले रुसमा पठायो थप सेना

युक्रेनविरुद्धको रुसको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि यो कदम चालिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुस–युक्रेन युद्ध अन्त्य गर्न लागिपरेका छन् ।

यसै सन्दर्भमा हालै साउदी अरबमा रुस र अमेरिकाबिच शान्ति वार्ता पनि भएको थियो । उता, उत्तर कोरियाले रुसमा थप सेना पठाएको भन्दै दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार भनेको छ । युक्रेनविरुद्धको रुसको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि यो कदम चालिएको भनिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस)ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । रुसको कुस्र्क क्षेत्रमा ठुलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि एनआईएसले बताएको छ । यसपछि, रुसले यहाँबाट उत्तर कोरियाली सेनालाई हटाएको थियो । तर फेब्रुअरीको पहिलो हप्तामा सैनिकहरू फेरि यहाँ तैनाथ भएको भनिएको छ । यसैबिच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी ७ मा आफ्नो एउटा सम्बोधनमा कुस्र्कमा युक्रेनमाथि आक्रमण बढिरहेको बताएका थिए । यहाँ उत्तर कोरियाली सैनिकहरू रुसी सेनासँग लडिरहेका छन् ।

पश्चिमी देश, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजारभन्दा बढी सेना तैनाथ गरेको भनेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको सिकार भएको खबरहरू आएका थिए ।

गत महिना, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले रुस–युक्रेन युद्धमा लगभग ३०० उत्तर कोरियाली सैनिक मारिएको र २ हजार ७०० जना घाइते भएको बताएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहिँ मारिएका वा घाइते भएका उत्तर कोरियालीहरूको सङ्ख्या ४ हजार भनेका थिए ।

दक्षिण कोरियाले अब आएर जनवरी र फेब्रुअरीबिच कुस्र्क क्षेत्रमा थप एकदेखि तीन हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार