असार २३, २०८२ सोमबार July 7, 2025

विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने भनेपछी जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिका, फागुन १८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

उहाँले युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताउनुभयो । तर जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उहाँको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताउनुभयो ।

दुईपक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसक्नुभएको छ । यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उहाँको भनाइ छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया