असार २३, २०८२ सोमबार July 7, 2025

ओरालो लाग्यो अलैँचीको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।

पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ ।

साधारण अर्थात् चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । फुङलिङ बजारका व्यवसायी भद्रवीर रेग्मीका अनुसार अलैँचीको मूल्य घट्दै घट्दै मङ्गलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिब दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मूल्य घटिरहेको रेग्मीले बताउनुभयो ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीका अनुसार सोमबार प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएको थियो ।  एक दिनपछि मङ्गलबार दुई हजारले घटेर ९८ हजार रुपियाँमा अलैँचीको कारोबार भइरहेको उहाँले जानकारी दिनुभयो । अलैँचीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाउने सम्भावना कायमै रहेको पनि उहाँको भनाइ छ ।

हाल अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यवसायी बताउँछन् । देशबाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताउनुभयो । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर हुने उहाँको भनाइ छ ।

ताप्लेजुङमा उत्पादन हुने अधिकांश अलैँची किसानले बेचिसकेका छन् । स्थानीय व्यापारीका अनुसार करिब ८० प्रतिशत बढी अलैँची किसानले बिक्री गरिसकेका छन् । अहिले केही व्यापारी तथा किसानले मात्र मूल्य अझै बढ्न सक्ने आशामा अलैँची थन्क्याएर राखेका बताइएको छ ।

लामो समयपछि यस वर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका छन् । हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी झस्किएका छन् ।

ताप्लेजुङमा प्रमुख नगदेबालीका रूपमा अलैँची खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कुल चार हजार ३०४ हेक्टर क्षेत्रफलमा किसानले अलैँची खेती लगाएका छन् ।

उक्त क्षेत्रफल बराबरको खेतीबाट यस वर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार