असार २३, २०८२ सोमबार July 7, 2025

काबुल विमानस्थल आक्रमणकारी पक्राउ परेको ट्रम्पको भनाइ

पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतङ्ककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन,  फागुन २१ गते । अस्तव्यस्त अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर सन् २०२१ को घातक आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक कार्यकर्तालाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको छ ।

सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयास गर्दा बमवर्षकले खचाखच भरिएको भिडको बीचमा एउटा उपकरण विस्फोट गरेको थियो ।

विस्फोटमा सुरक्षा परिधिमा रहेका करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए ।

ट्रम्पले भारतलाई कर लगाउने घोषणा गर्दै पाकिस्तानको प्रशंशा गरेपछि भारतमा हलचलसन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो ।

मङ्गलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि काङ्ग्रेसलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतङ्ककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गर्नुभयो ।

“र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदैछ”, उहाँले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भन्नुभयो ।

उहाँले पाकिस्तानलाई ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा’ धन्यवाद दिनुभयो तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिनुभएन ।

अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ ।

दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया