असार १२, २०८३ शुक्रबार June 26, 2026

‘स्वच्छ पानी, स्वस्थ जीवन’लाई साकार पार्ने गरी काम गरौँ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ (पथरी), २४ फागुन : खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रवाह गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति सम्बद्ध सबै पक्षको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

सरकारले खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको तथा नीति निर्माण, स्रोत परिचालन र पूर्वाधार विस्तारमा निरन्तर लागिपरेको जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजना रु ३५ करोडको लागतमा निर्माण प्रारम्भ भएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा को–को भए निर्वाचित ? (मतसहित)
२०८३ असार १२, शुक्रबार