मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

ईयूले उपभोक्ता र व्यवसायको सुरक्षा गर्न कदम चाल्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । युरोपेली संघ (ईयू) ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ । युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने बताएको छ ।

ईयू अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छन्- ‘हामी अर्थपूर्ण वार्तामा संलग्न हुन तयार छौं । मैले व्यापार आयुक्त मारोस सेकोभिकलाई राम्रो समाधान खोज्न संयुक्त राज्य अमेरिकासँगको हाम्रो वार्ता पुनः सुरु गर्ने जिम्मेवारी दिएको छु । शुल्क भनेको कर हो ।

शुल्क व्यवसायको लागि हानिकारक हुन्छ, उपभोक्ताहरूको लागि अझ खराब हुन्छ । यी शुल्कहरूले आपूर्ति शृङ्खलालाई बाधा पुर्‍याइरहेका छन् । शुल्कले अर्थतन्त्रमा अनिश्चितता ल्याउँछ । ईयूले उपभोक्ता र व्यवसायको सुरक्षा गर्न कदम चाल्नुपर्छ । आज हामीले लिइरहेका प्रतिरोधात्मक उपायहरू कठिन छन्, तर उपयुक्त छन् ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका थिए । अब ईयूले पनि अमेरिकालाई सोहि बमोजिम बदलास्वरूप कर लगाउने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार