मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार

इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको बैठकमा अमेरिकी मिसनले ‘निर्लज्ज व्यवहार’ गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ ।

संयुक्त राज्य अमेरिकाको एकपक्षीय दृष्टिकोणअनुरूप भएको यो बैठकलाई ‘उत्तेजक र राजनीतिक’ पूर्वाग्रहबाट आएको धारणा भन्दै विज्ञप्तिमा बैठकको ‘कुनै प्राविधिक वा कानूनी औचित्य’ नभएको उल्लेख गरिएको छ ।

इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको बैठकमा अमेरिकी मिसनले ‘निर्लज्ज व्यवहार’ गरेको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको पछिल्लो प्रतिवेदनलाई लिएर परिषद्का केही सदस्यराष्ट्रले बैठकका लागि अनुरोध गरेका थिए ।

इरानले आफ्नो अत्यधिक सम्वद्र्धित युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ, जुन आणविक बमका लागि आवश्यक ९० प्रतिशत को हाराहारीमा छ ।

इरानको विदेश मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकासँग उनीहरूको संलग्नताको विरोधमा र इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे प्रत्यक्ष सोधपुछका लागि तीनै जना कूटनीतिक प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयमा बोलाइएको थियो।

सन् २०१५ मा इरानले बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकासँग आफ्नो आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौता गरेको थियो।

सन् २०१८ मा ह्वाइट हाउसको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानसँगको सम्झौताबाट पछि हट्नुभएको थियो र पुनः कडा प्रतिबन्ध लगाउनुभएको थियो ।

गत जनवरीमा ह्वाइट हाउस फर्केपछि राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो सम्झौता सम्भव नभएको बताएको छ ।

चीनले रुस र इरानसँग यसै साताको अन्त्यमा त्रिपक्षीय आणविक वार्ता गर्ने बुधबार जनाएको थियो । एजेन्सीको सहयो‍गमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार