मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायली सेनाद्वारा गाजामा भीषण आक्रमण : मन्त्रिसहित २ सय २० जनाको मृत्यु

१९ जनवरीमा युद्धविराम सुरु भएयता गाजामाथि भएको सबैभन्दा ठूलो हवाई आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । इजरायली सेनाले गाजामा “व्यापक आक्रमण” गरिरहेको छ । सो आक्रमणमा परी कम्तीमा २२० जना प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली आक्रमणमा परी गाजाका उपगृहमन्त्री तथा हमासका उच्च सुरक्षा अधिकारी महमूद अबु वाफाह समेत मारिएको बिबिसीले जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आडिएफ) ले हमासका “आतंकवादी लक्षित संरचना”हरूलाई ध्वस्त पार्न आक्रमण गरिएको बताएको छ ।

यो १९ जनवरीमा युद्धविराम सुरु भएयता गाजामाथि भएको सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजा युद्धविरामलाई लम्ब्याउने वार्ता सहमतिमा पुग्न नसकेर असफल भएको छ ।

रामदानको पवित्र महिनामा मानिसहरू प्रातःकालीन भोजन गर्दै गर्दा गाजामा विस्फोटहरू सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूका अनुसार २० भन्दा बढी इजरायली युद्धक विमानहरूले गाजा सिटी, राफा र खान युनिसमा आक्रमण सुरु गरेको हो ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “हमासले बन्धकहरूलाई मुक्त गर्न बारम्बार अस्वीकार गर्नुका साथै, अमेरिकी राष्ट्रपति दूत स्टीभ विटकोफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्ताव अस्वीकार गरेपछि गरिएको हो ।”

हमासले इजरायलले युद्धविराम सम्झौता उल्ट्याएकोमा आक्रोशित प्रतिक्रिया दिँदै यसलाई विश्वासघात भनेको छ । उसले गाजामा रहेका बाँकी इजरायली बन्धकहरूलाई जोखिममा पारेको आरोप लगाएको छ ।

तर हमासले अहिलेसम्म औपचारिक रूपमा युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन, उसले मध्यस्थकर्ताहरू र संयुक्त राष्ट्रलाई हस्तक्षेप गर्न आह्वान गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार