मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ईसाई धर्मगुरु पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज

८८ वर्षीय फ्रान्सिसलाई भ्याटिकनमा कम्तीमा दुई महिना आराम आवश्यक पर्ने चिकित्सकको सुझाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ईसाई धर्मगुरु पोप फ्रान्सिस रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको फेब्रुअरी १४ मा अस्पताल भर्ना हुनुभएका पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज हुनुभएको बीबीसीले जनाएको छ ।

८८ वर्षीय फ्रान्सिसलाई भ्याटिकनमा कम्तीमा दुई महिना आराम आवश्यक पर्ने डाक्टरहरूले बताएका छन् । सङ्क्रमणका कारण उहाँको दुवै फोक्सोमा निमोनिया भएको थियो । पोप पूर्णरूपमा निको नभए पनि उहाँमा निमोनिया नरहेको र अहिले स्थिर अवस्था रहेको डाक्टरहरूले बताएका छन् ।

पाेप फ्रान्सिसले आफ्नो निवास भ्याटिकन फर्किनुअभि जेमेली अस्पतालको झ्यालबाट शुभेच्छुकहरूलाई आशीर्वाद दिनुभएको खबरमा उल्लेख छ । उहाँ अस्पतालमा भर्ना भएदेखि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार