असार २३, २०८२ सोमबार July 7, 2025

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बकाे सम्पति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथी विद्रोहीले अमेरिकाको एम–९ ड्रोन खसाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यमन, २० चैत । यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाको सबैभन्दा ठूलो कारबाही जारीराखेको छ ।

यसैबीच हुथी विद्रोहीले अमेरिकाको एम–९ ड्रोन खसालेका छन् । यसलाई अमेरिकी सेनाको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त ड्रोन मानिन्छ। यो ड्रोनको मूल्य नेपाली ३ अर्ब ४० करोड भन्दा बढी पर्न जान्छ ।

स्थानीय मिडियाका अनुसार सोमबार अमेरिकाले यमनको आकाशमा यो ड्रोन प्रक्षेपण गरेको थियो, त्यसपछि हुथी लडाकुहरूले यो ड्रोन आक्रमण गरेका थिए। मिसाइल आक्रमणमा ड्रोन पुरै ध्वस्त भएको थियो।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले एक हुथी कमाण्डरलाई उद्धृत गर्दै भनेको छ कि यो ड्रोन आक्रमण मारिब प्रान्तमा भएको थियो, जुन तेल र ग्याँसका लागि प्रसिद्ध छ। हुथी विद्रोहीले इरानको नम्बर ३५८ नामक मिसाइलले आक्रमण गरेर यो ड्रोनलाई खसालेका हुन् । यो मिसाइल कुनै पनि विमानलाई खसाल्न सक्षम मानिदैँ आएको छ ।

हुथी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले यसलाई ठूलो विजय भनेका छन्। सारीले भने कि अमेरिकी सरकारले यमनमा जानाजानी दमनकारी रवैया अपनाइरहेको छ, जुन हामी बदला लिइरहेका छौं। हुथी विद्रोहीहरूले गाजामा युद्ध नरोक्दासम्म उनीहरूले नियन्त्रित समुद्रमा कार्गो जहाजहरू अवरुद्ध गरिरहनेसमेत पुनः बताएका छन्।

अर्कोतर्फ अमेरिकाले भने हुथी विद्रोहीलाई थप पीडा दिने चेतावनी दिएको छ । तर, हालै हुथीले खसालेको अमेरिकी ड्रोनलाई उच्च गुणस्तरको ड्रोन मानिन्छ। खासमा एम–९ ड्रोनहरू ४० हजार फिट अर्थात १ हजार २१० मिटर भन्दा माथिको उचाइसम्मा उड्न सक्छन र ३० घण्टा भन्दा बढी हावामा नै रहन सक्ने क्षमताका छन् ।

यो ड्रोनको मूल्य ३ मिलियन अमेरिकी डलर बढी रहेको भनिएको छ । अमेरिकाले यो ड्रोन अन्य देशलाई पनि बेच्दै आएको छ । जुन इरानी मिसाइलले यो ड्रोन खसालेको थियो, त्यसको मूल्य भने करिब ९५ लाख नेपाली रुपैयाँ बराबरको हो ।

इजरायली खुफियाको सहयोगमा  अमेरिकाले मार्च १५ मा यमनमा पहिलो हमला गरेको थियो। अमेरिकाले भन्यो कि हुथी विद्रोहीहरूले समुद्रमा हाम्रा जहाजहरूलाई निशाना बनाएका छन्, त्यसैले उनीहरू माथी आक्रामण सुरू भएको हो ।

तर, समाचार अनुसार हालसम्म १०० भन्दा बढी अमेरिकी जहाजलाई हुथी विद्रोहीले समुद्रमा खसालिसकेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार