असार ५, २०८३ शुक्रबार June 19, 2026

शेरबहादुर देउवा लचिलो हुन खोज्दा साथीहरूले अनूचित फाइदा लिए : गोपालमान श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाईजात्रा गईसक्यो तर नेपाली कांग्रेसमा फेरि गाईजात्रा सुरु भयो । पार्टी सभापति शेरबहादुर देउवाले बेमौसमको बाजा बजाउनुभयो, विभाग गठन गरेर भन्ने आरोप छ नि ? के भन्नुहुन्छ ?

शेरबहादुरजीलाई धन्यवाद दिनुहोस् किनभन्दा ढिलै भए पनि शेरबहादुरजीले विभागहरू गठन गर्नुभयो । २० वटा विभागहरूलाई पूर्णता दिनुभयो, उहाँलाई धन्यवाद दिनुहोस् ।

किन धन्यवाद दिने ? तपाईहरूले साँढे चार वर्षपछि आएर विभाग गठन गर्नु महान काम हो र ? महाधिवेशनको २ महिनाभित्रै गर्नुपर्ने काम चाँढे चार वर्षपछि गर्दाखेरि पनि तपाई सभापतिजीलाई धन्यवाद दिनुहोस् भन्नुहुन्छ ?

शेरबहादुर लचिलो हुन खोज्दा साथीहरूले अनूचित फाइदा लिए । अर्को पक्षले अनूचित फाइदा शेरबहादुरलाई कमजोर बनाउँछु भनेर लिएको होला तर पार्टी नै कमजोर भयो । अब १ महिना बाँकी हुँदा विभागहरू गठन गर्दा देशभरिका सदस्य साथीहरू चलायमान हुन्छन् ।

होइन, अहिले त महाधिवेशनको लागि जाने हो नि ? तपाईहरू विभाग गठन गरेर केन्द्रिय सदस्य मनोनयन गरेर कांग्रेसलाई सिध्याउने, भताभुंग बनाउनेतिर किन लाग्नुभयो ?

हामीले फागुनका ६, ७ र ८ गते भनेका छौँ, महाधिवेशनका लागि सक्रिय सदस्यताको फारमहरू पठाउने कामहरू भईरहेको छ । गाउँ-गाउँमा, जिल्ला-जिल्लामा, कोरोनाको त्रास छ, अहिले सामाजिक दुरी राखेर सदस्यता फारमहरू भराउने कामहरू भएको छ । महामारीको यो चपेटा रहिरहेको छ । केही कामहरू ढिला भईरहेको छ ।

विगतमा पनि कांग्रेस सभापति शुशील कोइरालाको कार्यकालमा विभागहरू गठन गर्दाखेरि शेरबहादुर देउवाले हामी बस्दैनौँ भनिसकेपछि खारेज भएको थियो नि ?

त्यतिखेर शुशील कोइरालाले विभागीय प्रमुखलाई कुनै पनि अधिकार दिनुभएको थिएन । त्यसले गर्दाखेरि असहमति भएको हो । हामी यो पार्टीलाई चलायमान बनाएर ६ महिना पहिले विभागीय प्रमुखहरू घोषणा गर्नुभएको हो । यो कोभिडले गर्दाखेरि समया लियो । साथीहरूको धेरै इच्छा छ । अब हामीले अरू विभागहरू पनि निकट भविष्यमा नै अरू विभागहरूलाई पूर्णता दिन लागिरहेका छौँ ।

तपाईले राम्रोसँग सुन्नुभएको छ डा. शेखर कोइरालाको प्रतिक्रिया ? शेरबहादुर देउवाको शैली कहिल्यै परिवर्तन भएन भनेर उहाँले भन्नुभएको छ ?

डेमोक्रेसी आईसक्यो । डेमोक्रेसीमा भन्न पाइन्छ । उहाँहरूले जे कुरा भन्नुभएको छ, आँफैले पनि ऐना हेरे हुन्छ । त्यो उहाँको नजरमा होला । पार्टीलाई सुधार्ने काममा उहाँले सहयोग गर्नुपर्छ । पार्टीलाई असहयोग गर्ने अनि अरूलाई दोष लगाएर उम्कन पाईन्छ ?

तपाईहरू विभाग खारेज गर्ने कि नगर्ने ? रामचन्द्र पौडेलले विभाग खारेज नगरे दुर्घटना हुन्छ भनेर सार्वजनिक रुपमै चेतावनी दिनुभएको छ नि ?

विभाग खारेज गर्नको लागि होइन । साथीहरू एकदमै आकांक्षी छन् । अरू विभागहरू पनि एकदुई दिनमै विभागीय प्रमुखका लागि निर्माण हुने क्रममा छ । अब भदौ लागेपछि हाम्रो प्रशासनिक कार्य सुरु हुन्छ । हामीहरू साथीभाइहरूसँग भेटघाट गर्छौँ ।

उसो भए तोकिएकै मितिमा तपाईको पार्टीको महाधिवेशन हुन्छ ?

यो महामारीको समयसँग भर पर्छ । हामी कोशिस गर्छौँ । कोभिडको अवस्था भयावह भयो भने हामीसँग एउटा संवैधानिक विकल्प छ, समय थपेर महाधिवेशन हुन्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार