असार २३, २०८२ सोमबार July 7, 2025

युक्रेन बिरूद्द १५५ चिनियाँले युद्द लडिरहेको भेटियोः जेलन्स्की

युद्दमा चिनियाँ संलग्नताको मुद्दा गम्भीर, नाम र राहदानी विवरण सहित १५५ व्यक्तिहरू फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ चैत । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सेनाका लागि १५५ चिनियाँ नागरिकले लडिरहेको दावी गरेका छन ।

आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेन विरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा धेरै हुन सक्ने दावीसमेत गरेका छन्। जेलेन्स्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दावी प्रस्तुत गरेका हुन् ।

उनका अनुसार रूसले सामाजिक सञ्जालमार्फत चिनियाँ नागरिकहरूलाइ आफ्नो सेनामा भर्ती गरिरहेको छ । र, चिनियाँ अधिकारीहरू पनि रूसको यो प्रयासहरूका बारेमा जानकार रहेका छन ।

उनले यो पनि भने कि युक्रेन बिरूद्द लडन चिनियाँहरूको यो भर्ती अभियान बेइजिङबाट निर्देशित छ कि छैन् ? त्यसको खोजी गरिरहेको छ ।

‘युद्दमा चिनियाँ संलग्नताको मुद्दा गम्भीर छ, नाम र राहदानी विवरण सहित १५५ व्यक्तिहरू फेला परेका छन्, जो युक्रेनको भूमिमा युक्रेनीहरू विरुद्ध लडिरहेका छन्,’ जेलेन्स्कीले भने, ‘हामी यो पनि विश्वास गर्छौं कि तिनीहरू अझ धेरै नै छन्।’

जेलेन्स्कीले मंगलबार मात्रै युक्रेनी सेनाले युक्रेनी भूमिमा रुसी सेनासँग लडिरहेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको जानकारी दिएका थिए । युक्रेनले युद्धमा चिनियाँ लडाकुहरूबारे यस्तो दाबी गरेको यो पहिलो पटक थियो ।

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार पत्रकार सम्मेलनमा भने कि धेरै चिनियाँ नागरिकहरू युक्रेन बिरूद्द लडिरहेका छन् भन्ने आरोप पूर्णतया आधारहीन रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

‘चिनियाँ सरकारले सधैं आफ्ना नागरिकहरूलाई सशस्त्र द्वन्द्वका क्षेत्रहरूबाट टाढा रहन रे कुनै पनि रूपमा सशस्त्र द्वन्द्वमा संलग्न हुनबाट जोगिन आग्रह गरेको छ,’ उनले भने । रुसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार