असार २३, २०८२ सोमबार July 7, 2025

भियतनामलाई ‘एकतर्फी धम्की’ को विरोध गर्न चीनको आह्वान

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको ट्रम्पको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप कर लगाउने विचार गरिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले भियतनामलाई ‘धम्की’ को विरोध गर्न आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नाम नलिइकन भियतनामलाई विश्वव्यापी स्वतन्त्र व्यापार प्रणाली कायम राख्न ‘एकतर्फी धम्की’ को विरोध गर्न आह्वान गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति अहिले दक्षिणपूर्वी एशियाको यात्रामा छन् । उनले मलेशिया र कम्बोडियाको पनि भ्रमण गर्नेछन् । चिनियाँ राष्ट्रपतिको यो यात्रा लामो समयदेखि योजनाबद्ध भए पनि अमेरिकासँगको बढ्दो व्यापार युद्धका कारणले यसको महत्त्व बढेको खबरमा उल्लेख छ ।

ट्रम्प प्रशासनले गएको हप्ता उच्च भन्सार दर ९० दिनका लागि स्थगित गर्नुअघि भियतनामले ४६ प्रतिशतसम्म अमेरिकी करको सामना गरिरहेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामी नेताहरूसँगको सीको भेटले अमेरिकाले ‘बिगार्ने’ लक्ष्य राखेको टिप्पणी गरेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सीले भियतनामको कम्युनिस्ट पार्टीका महासचिव तो लामलाई ‘एकपक्षीय धम्कीलाई संयुक्त रूपमा विरोध गर्न’ भनेका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चुलिएको छ । ट्रम्प प्रशासनले यस महिनाको शुरूमा धेरैजसो चिनियाँ आयातमा १४५ प्रतिशतको भन्सार शुल्क लगाएको छ । यस्तै चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार