असार २३, २०८२ सोमबार July 7, 2025

पेरुका पूर्वराष्ट्रपति हुमाला दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा १५ वर्ष जेल सजाय

हुमाला सन् २०११ देखि २०१६ सम्म पेरुको राष्ट्रपति रहेका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पेरुको एक अदालतले पूर्वराष्ट्रपति ओलान्टा हुमालालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको छ ।

पूर्वराष्ट्रपति हुमालाले सन् २००६ र २०११ मा आफ्नो चुनावी अभियानका लागि ब्राजिलियन निर्माण कम्पनी ओडेब्रेक्टबाट अवैध रूपमा रकम स्वीकार गरेको लिमाको राजधानीमा रहेको अदालतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अदालतले हुमालाकी पत्नी नादिन हेरेडियालाई पनि १५ वर्षको जेल सजाय सुनाएको छ ।

६२ वर्षीय हेरेडियालाई ब्राजिलले शरण दिएको र त्यहाँ उनलाई छोरासँग यात्रा गर्न सुरक्षित हुने पेरुको विदेश मन्त्रालयले जनाएको छ । अभियोजकहरूले हुमालालाई २० वर्ष र हेरेडियालाई साढे २६ वर्षको जेल सजाय माग गरेका थिए ।

तीन वर्षभन्दा बढी समयसम्म चलेको मुद्दाको सुनुवाइपछि अदालतले मङ्गलवार लामो समयदेखि प्रतिक्षा गरिएको फैसला सुनाएको हो । हुमाला सन् २०११ देखि २०१६ सम्म पेरुको राष्ट्रपति रहेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार